आज सूर्यको पूजा आराधना गरी छठ मनाइदै

आज सूर्यको पूजा आराधना गरी छठ मनाइदै

२०८०, मंसिर ३ आइतवार

  • 785
    SHARES

  • आज सूर्यको पूजा आराधना गरी छठ मनाइदै

    काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

    छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

     

    २०८०, मंसिर ३ आइतवार०७:४१:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार