काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन आर्थिक सहयोग सहित जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितका दैलामा पुगेको छ ।
अघिल्लो महिना जाजरकोट केन्द्र बिन्दु भई ६.४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका विद्यार्थी, शिक्षक र अभिभावकले नै ज्यान गुमाएकामा दुख व्यक्त गर्दै संगठनले उनीहरुको दैनिक जिवनयापनमा सहजता ल्याउन आर्थिक सहयोग गरेको हो ।
शुक्रवार संगठनले पिडितका दैलैमा पुगी जाजरकोट र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र हरि प्रसाद पन्त मार्फत रु ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
भुकम्प लगत्तै भर्चुअल रुपमा बसेको संगठनको विशेष बैठकले तत्काल लगत संकलन गरि यथाशक्दो आर्थिक संकलन गर्ने निर्णय गरेकोमा सोही बमाजिम पहिलो चरणमा संकलित रकम हस्तान्तरण गरिएको महासचिव हंश बहादुर शाहीले बताए ।
यस आपतकालिन अवस्थामा मानविय सहायता स्वरुप अभिभावक सुनसरी धरान निवासी ज्येष्ठ आमा अम्बिका देवी कार्कीबाट ५० हजार र कन्चन माध्यमिक विद्यालय ललितपुरका विद्यार्थीबाट प्राप्त राहत समेत सोही समारोहमा हस्तान्तरण गरिएको उपाध्यक्ष कमला थापाले जनाइन् ।
राहत सहयोग संकलन जारी रहने र पुनः हस्तान्तरण गरि शिक्षक पेशासँग आवद्ध सबैमा सहयोग पुर्याईने संगठनले जनाएको छ ।
यससँगै संगठनले आफ्ना पेशागत मागहरु र गुणस्तरीय शिक्षाको मात्र नभई विपतको समयमा समेत संगठन जोडिएको बताएको छ ।