महिला टी-२० मा जापानलाई हराउँदै नेपाल तेस्रो

महिला टी-२० मा जापानलाई हराउँदै नेपाल तेस्रो

२०८०, मंसिर ३ आइतवार

  • 753
    SHARES

  • महिला टी-२० मा जापानलाई हराउँदै नेपाल तेस्रो

    काठमाडौं । चार देश सम्मिलित टी-२० महिला श्रृंखलामा नेपाल तेस्रो भएको छ। आइतबार भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो। यसअघि समूह चरणमा पनि नेपालले जापानलाई पराजित गरेको थियो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। जवाफमा जापान पुरै २० ओभर खेले पनि ६ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो।

    जापानका लागि ओपनर अकारी निसिमुराले २९ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक हिनासी गोटोले १६ तथा अहिल्या चन्डेलले ११ रनको दोहोरो स्कोर बनाइन्। नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता राना मगर, खुसी डंगोल र सोनी पाख्रिनले समान १-१ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर पूजा महतोले ५१ बल खेल्दै ३ चौकाको सहयोगमा ४३ रन बनाइन्। त्यस्तै, रुविना क्षेत्रीले २१ रन बनाउँदा रोमा थापाले २२ तथा कप्तान इन्दु बर्माले १२ रन बनाएकी थिइन्।

    नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

    त्यसअघि नेपालले लिग चरणमा तान्जानियासँग २७ रन तथा हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलको अवसर गुमाएको थियो। अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको नेपालले तेस्रो स्थानको खेलमा पनि जापानलाई पराजित गर्न सफल भयो।

    २०८०, मंसिर ३ आइतवार१२:४२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार