निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

२०८०, मंसिर ६ बुधवार

  • 505
    SHARES

  • निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधित क्षेत्र घोषणाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

    माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए।

    झापाका व्यवसायी दुर्गा प्रसाईँ पक्ष र राष्ट्रिय युवा संघले मंसिर ७ गते एकै स्थानमा प्रदर्शन गर्न खोजेपछि सम्भावित दुर्घटना रोक्न भन्दै स्थानीय प्रशासनले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो ।

    प्रशासनले ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वरम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न रोक लगाएको छ।

    २०८०, मंसिर ६ बुधवार०७:३३:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार