काठमाडौं । काठमाडौं विश्वविद्यालयको स्नातक तह अन्तर्गत बेचलर ईन सोसियल वर्कमा मात्र ३ जना विद्यार्थी भर्ना भएका छन् ।
२४ जना विद्यार्थी अध्यापन गराउन सकिने भएतापनि यस शैक्षिक शत्रमा ३ जना मात्र विद्यार्थी भर्ना भएका कलेज प्रशासनले जनाएको छ । त्यस्तै, स्नातक तहकै बुद्धिष्ट विषयमा ४ जनामात्र विद्यार्थी भर्ना भएका छन् ।
यसमा विद्यार्थी संख्याको भर्ना कोटा भने ३० रहेको छ ।