अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको दबदबा कायमै 

अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको दबदबा कायमै 

२०८०, मंसिर ११ सोमवार

  • 1.0K
    SHARES

  • अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको दबदबा कायमै 

    नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजमा भारत लगातार दोस्रो खेलमा विजयी भएको छ। आइतबार भएको खेलमा भारतले अस्ट्रेलियालाई ४० रनले पराजित गर्दै लगातार दोस्रो खेलमा जित निकालेको हो।

    टी-२० अन्तर्राष्ट्रियमा भारतको यो लगातार चौंथो जित हो। जितसँगै भारतले पाँच खेलको सिरिजमा २(० को अग्रता बनाएको छ।

    सिरिजको तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटीमा हुने छ। अस्ट्रेलियालाई हराएसँगै भारतले पाकिस्तान समान १ सय ३५ टी-२० अन्तर्राष्ट्रिय खेल जित्न सफल भएको छ।

    तिरुवनंतपुरमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९१ रनमात्र बनाउन सक्यो।

    अस्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४५ रन बनाउँदा कप्तान म्याथ्यु वेडले २३ बलमा ४२ रन बनाए। त्यस्तै, स्टिभ स्मिथ र म्याथ्यु सर्टले समान १९-१९ रन बनाउँदा ग्लेन म्याक्सवेल १२ रनमा आउट भए। त्यस्तै, टिम डेभिडले ३७ रन बनाएका थिए। भारतका लागि प्रसिद्व कृष्ण र रवि विश्वईले समान ३-३ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ खेले। ओपनर यसस्वी जैसवालले ५३ रन बनाउँदा ऋतुराज गाइकवार्डले ५८ रन बनाए। पहिलो विकेटका लागि यी दुईले ७७ रनको साझेदारी गरेका थिए।

    त्यस्तै, इशान किषनले ४२ रन बनाउँदा सुर्यकुमार यादवले १९ रन बनाए। त्यस्तै, रिन्कु सिंहले ९ बलमा ३१ रनको विष्फोटक इनिङ खेल्दा टिमले उच्च स्कोर तयार गरेको थियो। अस्ट्रेलियाका लागि नाथन एलिसले ३ विकेट लिएका थिए। -एजेन्सी । 

    २०८०, मंसिर ११ सोमवार०७:५५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार