सामाजिक सुरक्षा कोषका योगदानकर्ताका सन्ततिलाई पनि औषधी उपचार सुविधा  

सामाजिक सुरक्षा कोषका योगदानकर्ताका सन्ततिलाई पनि औषधी उपचार सुविधा  

२०८०, मंसिर १२ मंगलवार

  • 789
    SHARES

  • सामाजिक सुरक्षा कोषका योगदानकर्ताका सन्ततिलाई पनि औषधी उपचार सुविधा  

    काठमाडौँ। सामाजिक सुरक्षा कोषले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तरगत आबद्ध भएका श्रमिकका सन्ततिलाई पनि उपचार सुविधा दिने भएको छ । 

    यस अघि योगदानकर्ता र योगदानकर्ताको दम्पतीलाई मात्रै उपचार सुविधा दिँदै आएको कोषले योगाकर्ताको सन्ततिलाई समेत औषधी उपचार प्रदान गर्ने गरी सुविधाको विस्तार गर्ने योजना अघि सारेको कोषको छैठौ बार्षिक उत्सवको अवसरमा जनाएको छ ।

    सुरुमा कोषले योगदानकर्ताको मात्रै औषधी उपचार खर्च व्यहोर्दै आएकोमा कार्यविधिको तेस्रो संशोधनमार्फत यस अघि नै योगदानकर्ताको पति वा पत्नीकोसमेतको उपचार सुविधा व्यहोर्ने र योगदानकर्ताको घातक रोगको दश लाखसम्मको उपचार खर्च कोषले भुक्तानी गर्ने गरी सुविधा थप गरिसकेको छ ।

    औपचारिक क्षेत्रका लागि सञ्चालितस् सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ समय अनुसार संशोधन गर्दै कोषले दिइरहेका सुविधालाई पनि योगदानकर्तामैत्री बनाउँदै लगिएको सोमवार सम्पन्न वार्षिकोत्सवमा कोषले जनाएको छ । 

    २०८०, मंसिर १२ मंगलवार०८:४१:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार