डेढ वर्षमै ३३ अर्ब ऋणचुक्ता गर्दै नाफामा आयल निगम 

डेढ वर्षमै ३३ अर्ब ऋणचुक्ता गर्दै नाफामा आयल निगम 

२०८०, मंसिर १३ बुधवार

  • 685
    SHARES

  • डेढ वर्षमै ३३ अर्ब ऋणचुक्ता गर्दै नाफामा आयल निगम 

    काठमाडौँ । झण्डै तीन वर्षदेखि ऋणमा रहेको नेपाल आयल निगम ऋणमुक्त बनेको छ । 

    इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै मंगलबारदेखि निगम ऋणमुक्त बनेको हो ।

    रुस र युक्रेनको युद्धले कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो । त्यसपश्चात् आईओसीसँग इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मङ्गलवार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ । आईओसीको ऋण जून ३१ र ब्याज जुलाई ८ मा तिरेका थियो ।

    वाणिज्य बैंकलाई १०।६ प्रतिशतको दरले ब्याज बुझाउने सम्झैता थियो । त्यस्तै, सरकारले भने ५ प्रतिशतको दरले ब्याज बुझाउँदै आएको थियो । अन्तिम किस्ता स्वरूप ७० करोड बुझाएपछि ऋण मुक्त बनेको निगमले जनाएको छ ।

    २०८०, मंसिर १३ बुधवार०७:५१:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार