काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका कार्यकारी प्रमूख शेखर बरालले राजिनामा दिएका छन् ।
घरायसी कारण देखाई बरालले गत मंसिर १२ गते मंगलवार राजिनामा दिएका थिए । आज बसेको संचालक समितिको बैठकले राजिनामा स्विकृत गरेसँगै उनी पदमुक्त भएका हुन् ।
२०७९ साल भाद्र महिनामा नियुक्ति पाएका बरालले बिमा कम्पनीका कर्मचारीसँग सुमधुर सम्बन्ध राख्न सकेका थिएनन् । त्यस्तै, आव २०७३/७४ सालदेखिकै लेखापरिक्षण थाँतिराख्दै बराल बाहिरिएका छन् ।
बैठकले आजबाटै लागुहुने गरि कम्पनीको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सुवास कोइरालालाई दिएको छ । कोइराला कम्पनीका नायब कार्यकारी प्रमूख हुन् ।