काठमाडौँ । एनसेल कम्पनिमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको छ।
आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको हो। उसले ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो।
आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको शेयर खरिद गरेको थियो।
नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ छ।
यद्यपि दुवै कम्पनिका विरुद्धमा अदालतमा मुद्धा परेकाले कानुनी प्रक्रिया भने जटिल बनेको देखिएको छ ।