आज यी प्रदेशमा हिमपातको सम्भावना

आज यी प्रदेशमा हिमपातको सम्भावना

२०८०, मंसिर १६ शनिवार

  • 529
    SHARES

  • आज यी प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

    २०८०, मंसिर १६ शनिवार०७:१०:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार