फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको भूकम्प महशुस

फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको भूकम्प महशुस

२०८०, मंसिर १७ आइतवार

  • 785
    SHARES

  • फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको भूकम्प महशुस

    मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय समयअनुसार राति १०:३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ ।

    भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एशियाली मुलुक हो । -एजेन्सी । 

    २०८०, मंसिर १७ आइतवार०७:४७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार