एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

२०८०, मंसिर १७ आइतवार

  • 849
    SHARES

  • एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ ।

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गर्नुभयो ।

    “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ रु यो पत्याउन सकिन्न”, सांसद सिंहले भन्नुभयो ।

    सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो ।

    तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरिएकोप्रति उहाँले शंका व्यक्त गर्नुभयो ।

    यदि मिल्ने भए ७ अरबमा आफुलाई शेयर बिक्री गर्न पनि सिंहको आग्रह छ । 

    २०८०, मंसिर १७ आइतवार०७:४६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार