काठमाडौंमा आजबाट चिसो बढ्यो

काठमाडौंमा आजबाट चिसो बढ्यो

२०८०, मंसिर १८ सोमवार

  • 609
    SHARES

  • काठमाडौंमा आजबाट चिसो बढ्यो

    काठमाडौँ । पश्चिम नेपालका उच्च हिमाली तथा पहाडी जिल्लामा आज बिहानै देखि वर्षा र हिमपात भएको छ । पश्चिम मनसुनी प्रभावले काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ । आज बिहानैबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) समेत चिसोले प्रभावित भएका छन् । 

    बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढिरहेको छ। चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ। काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ। हुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ।

    २०८०, मंसिर १८ सोमवार०७:१६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार