शिक्षक हित साकोस काठमाडौंको अध्यक्षमा विष्णु प्रसाद पोखरेल

शिक्षक हित साकोस काठमाडौंको अध्यक्षमा विष्णु प्रसाद पोखरेल

२०८०, मंसिर १८ सोमवार

  • 1.2K
    SHARES

  • शिक्षक हित साकोस काठमाडौंको अध्यक्षमा विष्णु प्रसाद पोखरेल

    काठमाडौं । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको अध्यक्षमा विष्णु प्रसाद पोखरेल चयन भएका छन् ।

    शनिवार काठमाडौंको झोँछे स्थित विद्योदय आधारभुत विद्यालयमा सम्पन्न दशौँ वार्षिक साधारण सभाले पोखरेलको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    त्यस्तै, उपाध्यक्षमा अमला थापा मगर, सचिवमा कृष्णभक्त थापा, सहसचिवमा गणेश गुरागाईँ, कोषाध्यक्षमा बाबुराम शर्मा एवं सदस्यमा बरुण कुमार देव लगाएत चयन भएका छन् भने लेखा समितिको संयोजकमा डिल्ली प्रसाद काफ्ले निर्वाचित बनेका छन् । 

    शिक्षा क्षेत्रमा लामो समयसम्म रहि सहकारीको नेतृत्वमा पुगेका अध्यक्ष ऋतु प्रसाद चौँलागाईँ छ वर्षको कार्यकाल पुरागरि बाहिरिए सँगै संस्थापक अध्यक्ष पोखरेल पुनः सहकारीको नेतृत्वमा आएका छन् ।

    पोखरेलको आगमनसँगै शिक्षक शेयर सदस्यहरु उत्साहित देखिएका छन् । 

    २०८०, मंसिर १८ सोमवार०९:०२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार