आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमालमा हिमपात

आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमालमा हिमपात

२०८०, मंसिर १९ मंगलवार

  • 537
    SHARES

  • आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमालमा हिमपात

    काठमाडौं । हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    कोसी, मधेश, बागमती, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।

    आज राति कोसी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०८०, मंसिर १९ मंगलवार०८:१६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार