भक्तपुर । सूर्यविनायक नगरपालिकाले नृत्य प्रशिक्षकका लागि सार्वजनिक रुपमा दरखास्त आव्हान गरेको छ ।
पालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा नृत्य प्रशिक्षणका लागि २ जना नृत्य प्रशिक्षकका लागि आज मंगलवार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र ईच्छुकलाई दरखास्त दिन आव्हान गरेको हो ।
दरखास्त दिँदा १८ वर्ष पुरा भई ४० ननाघेका बार्ह कक्षा उत्तिर्ण नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र, कुनै कानुनद्धारा अयोग्य नभएको स्व घोषणा पत्र सहित तालिम लिएको प्रमाण पत्र र कम्तिमा ५ वर्षको अनुभवको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।
नियुक्ति भएका नृत्य प्रशिक्षकले हप्तामा कम्तिमा १५ वटा सामुदायिक विद्यालयहरुमा गई प्रशिक्षण दिनु पर्नेछ ।
पारिश्रमिकको हकमा प्राथमिक तह तृतिय श्रेणी करार सरहको सुविधा हुने सूचनामा जनाइएको छ ।
