पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा बिक्रीवितरण तथा सेवनमा रोक

पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा बिक्रीवितरण तथा सेवनमा रोक

२०८०, मंसिर २१ बिहिवार

  • 777
    SHARES

  • पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा बिक्रीवितरण तथा सेवनमा रोक

    काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरालगायत बिक्री वितरणमा रोक लगाईएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन,ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको हो।

    यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ ।

    बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

    कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले चेतावनी दिएको छ ।

    २०८०, मंसिर २१ बिहिवार०७:४३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार