जाजरकोट । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले जाजरकोट भुकम्प पिडितका लागि घरटहरा निर्माण गरेको छ ।
गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित नलगाड नगरपालिका १ स्थित चिउरी तथा राम्री गाउँमा पालमुनि बसिरहेका ४ सय ५२ जना व्यक्तिहरु लाभान्वित हुनेगरि ८७ वटा घरटहरा निर्माण गरिएको प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीले बताए ।

मंसिर पहिलो हप्ता गएको उपत्यकाको २५ जनाको टोलीले पन्ध्र दिनको समय लगाएर तयार गरेको उक्त घरटहरा मंगलवार एक कार्यक्रमका बीच स्थानिय समुदायलाई हस्तान्तरण गरिएको प्रदेश कमिटी सदस्य प्रकाश भट्टराईले बताए ।
हाल ११ सय भन्दा बढि एमाले स्वयंसेवकहरु जाजरकोट र रुकुम परिश्चममा भुकम्पबाट घरटहरा भत्किएर निस्किएको भग्नावशेष सफा गर्न र बनाउनमा खटिएका छन् ।



