औद्योगिकीकरणमार्फत बेरोजगारी हटाउन केन्द्रित हुने छुः विशेष आर्थिक सल्लाहकार दुगड

औद्योगिकीकरणमार्फत बेरोजगारी हटाउन केन्द्रित हुने छुः विशेष आर्थिक सल्लाहकार दुगड

२०७७, माघ ५ सोमवार

  • 1.8K
    SHARES

  • औद्योगिकीकरणमार्फत बेरोजगारी हटाउन केन्द्रित हुने छुः विशेष आर्थिक सल्लाहकार दुगड

    माघ ५, काठमाडौं ।  

    प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड आइतवार नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो ।

    सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् ।

    मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने विशेष सल्लाहकार दुगडले राससलाई बताए ।  

    “औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ”, निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले स्पष्ट गरे ।  

    सही बजेट विनियोजन, आयातनिर्यात, शेयर मार्केट, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए । विराटनगर स्थायी निवास भएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा(एमाले) हुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग आबद्ध छन् । 

    २०७७, माघ ५ सोमवार०६:५१:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार