आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

२०८०, पौष २ सोमवार

  • 901
    SHARES

  • आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रममा १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल प्रमूख अतिथि रहने समारोहमा २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

    यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ ।

    दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।

    एमफील र पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । 

    २०८०, पौष २ सोमवार०७:४०:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार