एक वर्षभित्र शिक्षक पद रिक्त भए वैकल्पिकलाई अवसर

एक वर्षभित्र शिक्षक पद रिक्त भए वैकल्पिकलाई अवसर

२०८०, पौष ४ बुधवार

  • 821
    SHARES

  • एक वर्षभित्र शिक्षक पद रिक्त भए वैकल्पिकलाई अवसर

    काठमाडौं । शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने जनाएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने राय दिएको हो ।

    एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग मागेको रायमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने जवाफ दिएको छ ।

    शिक्षक सेवा आयोगले केन्द्रलाई रायमा भनेको छ ‘शिक्षक सेवा नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (३) अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

    २०८०, पौष ४ बुधवार०७:३७:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार