गठबन्धनका विरुद्ध नेफ्स्कून अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी 

गठबन्धनका विरुद्ध नेफ्स्कून अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी 

२०८०, पौष ४ बुधवार

  • 713
    SHARES

  • गठबन्धनका विरुद्ध नेफ्स्कून अध्यक्षमा परितोष पौड्यालको उम्मेदवारी 

    काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्यालले पुनः उम्मेदवारी घोषणा गरेका छन् । मंगलवार काठमाडौंको हार्दिक होटलमा एक कार्यक्रमको बीच पौड्यालको उम्मेदवारी घोषणा गरिएको हो । 

    उम्मेदवारी घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, पूर्व प्रमुख कमल चौलागाई लगायत सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

    पौडेललाई वामपन्थी पक्षधर सहकारीकर्मीको साथ रहने बताईएको छ । अन्य पदमा भने केही दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिएको छ । सबै सहकारीकर्मीलाई समेट्दै फराकिलो दायरा समेट्ने समूह निर्माण गरि उम्मेदवारी घोषणा गरिने समूहले बताएको छ । 

    त्यस्तै, कांग्रेस निकट मानिने सहकारीकर्मी चन्द्रप्रसाद ढकालले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यही पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा हुँदैछ ।

    २०८०, पौष ४ बुधवार०८:१६:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार