नेपाल बैंकको सीईओमा पाण्डेय

नेपाल बैंकको सीईओमा पाण्डेय

२०८०, पौष ६ शुक्रवार

  • 761
    SHARES

  • नेपाल बैंकको सीईओमा पाण्डेय

    काठमाडौँ । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।

    बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् ।

    अधिकारीको अवकाशसँगै बैंककको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तले पाएकी थिइन् । 

    पाण्डेयले यसअघि नेपाल बैंकबाटै मुख्य प्रवन्धक पदबाट अवकाश प्राप्त गरेका थिए । 

    २०८०, पौष ६ शुक्रवार०९:३४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार