काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरुमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ। महानगरले शुक्रबार महानगरभित्रका विद्यालयलाई पत्र काट्दै विद्यालयमा डीआई नराख्न निर्देशन दिएको हो।
महानगरले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेकोले डीआई नराख्न निर्देशन दिएको हो।
‘....त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने, शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकोले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।
