आज यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

आज यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

२०८०, पौष ८ आइतवार

  • 633
    SHARES

  • आज यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    २०८०, पौष ८ आइतवार०७:५०:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार