आज येशु ख्रिष्टको जन्मदिन अर्थात् ‘क्रिसमस डे’ मनाइँदै

आज येशु ख्रिष्टको जन्मदिन अर्थात् ‘क्रिसमस डे’ मनाइँदै

२०८०, पौष ९ सोमवार

  • 677
    SHARES

  • आज येशु ख्रिष्टको जन्मदिन अर्थात् ‘क्रिसमस डे’ मनाइँदै

    काठमाडौं । आज नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

    दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

    क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

    २०८०, पौष ९ सोमवार०७:४१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार