मदन भण्डारी क्याम्पस प्रमूखमा डा. अधिकारी, शतप्रतिशत नतिजा पाए उपहार

मदन भण्डारी क्याम्पस प्रमूखमा डा. अधिकारी, शतप्रतिशत नतिजा पाए उपहार

२०८०, पौष ९ सोमवार

  • 885
    SHARES

  • मदन भण्डारी क्याम्पस प्रमूखमा डा. अधिकारी, शतप्रतिशत नतिजा पाए उपहार

    काठमाडौं । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका पूर्व सहायक महासचिव डा. बाबुराम अधिकारी मदन भण्डारी मेमोरिएल क्याम्पस प्रमूखमा नियुक्त भएका छन् ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष एवम् उच्चस्तरिय राष्ट्रिय शिक्षा सुधार आयोगका सदस्य समेत रहिसकेका अधिकारीलाई अघिल्लो महिना बसेको संस्थाको संचालक समितिको बैठकले क्याम्पस प्रमूखमा नियुक्त गरेको हो । 

    मदन भण्डारी मेमोरियल क्याम्पस स्व. नेता मदन भण्डारी फाउण्डेशनद्धारा संचालित छ । फाउण्डेशनको अध्यक्षमा पूर्व परराष्ट्र मन्त्री तथा चिनका लागि पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे रहेका छन् । पाण्डेको शालिन, तर्कशिल तथा जुझारु स्वभावले संस्थाले तिब्र गतिमा प्रगति गर्दै गएको कर्मचारीहरुले बताए । 

    यता, अधिकारी नियुक्त भएसँगै क्याम्पसको स्नातक तहको बिएससी सिएसआईटी संकायको आठौं सेमेष्टरका छात्रछात्राले शत प्रतिशत नतिजा सहित उत्तिर्ण गरेका छन् ।

    सिएसआईटी र बिसिए पढ्न चाहने विद्यार्थीका निश्चित कोटा रहेकाले अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई भर्ना लिन नसकिएको डा. अधिकारीले बताए ।

    बिबिएम, बिए, बिएसडव्लु जस्ता विषयलाई प्रविधिमैत्री तथा जिवनोपयोगी अध्यापनसँग जोडिँदा यी विषयमा पनि विद्यार्थीहरुको आकर्षण उत्तिकै रहेको उनले बताए । 

    त्यस्तै, अंग्रेजी, समाजशास्त्र र संचार जस्ता विषयको स्नातकोत्तर तहको अध्यापनले कलेजको उत्कृष्टतामा थप मजबुत बनेको अधिकारीको भनाई छ । 

    कलेजको प्रांगणमा रेडियो श्वेत शार्दुल ९३.६ मेगाहर्ज एफएम संचालित छ भने टेलिभिजन संचालन हुने क्रममा छ । 

    करिव १६ सय विद्यार्थी तथा १ सय पचास प्राध्यापक कर्मचारी रहेको क्याम्पस भौतिक सम्पन्नताले भरिपूर्ण मानिन्छ ।

    २०८०, पौष ९ सोमवार०२:५१:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार