मंसिर १७, काठमाडौं ।
कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन आज काठमाडों आउँदै छन् । उनी कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल सहित एक दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
भ्रमण एक दिनको रहनेछ र यसक्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ । प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछन् ।
कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।