आज तराईमा हुस्सु, पहाडी भू-भागमा आंशिक बदली

आज तराईमा हुस्सु, पहाडी भू-भागमा आंशिक बदली

२०८०, पौष १० मंगलवार

  • 621
    SHARES

  • आज तराईमा हुस्सु, पहाडी भू-भागमा आंशिक बदली

    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । त्यसैले अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    २०८०, पौष १० मंगलवार०७:२०:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार