हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक जनाको मृत्यु

२०८०, पौष १३ शुक्रवार

  • 617
    SHARES

  • हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक जनाको मृत्यु

    दमक । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । 

    हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । 

    २०८०, पौष १३ शुक्रवार०८:३५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार