आठौँ घरजग्गा मेला समापन, २ अर्ब ५० करोड बढीको कारोबार

आठौँ घरजग्गा मेला समापन, २ अर्ब ५० करोड बढीको कारोबार

२०८०, पौष १६ सोमवार

  • 877
    SHARES

  • आठौँ घरजग्गा मेला समापन, २ अर्ब ५० करोड बढीको कारोबार

    काठमाडौं । आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ ।

    पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए । उनले ४० हजार भन्दा बढी अवलोकन कर्ताहरूले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको बताए ।

    उनले मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए । उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए ।

    लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए ।

    आठौँ घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो ।

    २०८०, पौष १६ सोमवार०७:२१:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार