उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु

२०८०, पौष १७ मंगलवार

  • 561
    SHARES

  • उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु

    काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०८०, पौष १७ मंगलवार०७:५५:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार