काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको संचालकमा अव्वल प्रशासक सिताराम थापाले उम्मेदवारी दिएका छन् ।
उर्जाविद तथा नेपाल विद्युत प्राधिकरणका वरिष्ठ अधिकृत समेत रहेका थापाले चिलिमेको संचालक सदस्यका लागि उमेद्वारी दिएका हुन् ।
सदस्य चुन्नका लागि प्रोक्सिमत आज पौष १८ गते ११ बजे सम्म संकलन भईसक्नु पर्ने छ ।
चार जना संचालकका लागि हुने निर्वाचनमा ६ जना क्रमशः तुलशीराम ढकाल, राम प्रसाद रिमाल, भिम प्रसाद तिमल्सिना, शान्ती लक्ष्मी शाक्य, सिताराम थापा र तारा ढकालले उम्मेदवारी दिएका छन् ।
नीतिगत तहमा दुई कार्यकाल भन्दा वढी संचालक नबस्ने परम्परा तथा नैतिकतालाई लत्याउँदै कानुनको लुपहोलमा टेकेर चौथो कार्यकालका लागि समेत उमेदवारी परेको छ । थापा नवप्रवेशी हुन् ।
प्रोक्सि छुटभएका एवं वर्षौँ देखि एकै व्यक्तिलाई प्रोक्सी दिईरहेका आम सचेत र विवेकशिल लगानीकर्ताहरु साधारण सभाका दिन स्वयं उपस्थित भई आर्थिक रुपमा कमजोर बन्दै गईरहेको चिलिमेको पुनर्जिवनका लागि मतदान गरिदिनुहुन थापाले अनुरोध गरेका छन् ।
विद्युत विकासका क्षेत्रमा लामो समय सम्म कार्य गरेका थापा मेहनती, अनुशासित, अध्ययनशिल, रचनात्मक र जुझारु विद्युतकर्मी मानिन्छन् ।
२७ औँ वार्षिक साधारण सभा यहि पौष २० गते शुक्रवार राष्ट्रिय सभागृहमा हुने छ ।