जापानमा भूकम्पबाट हालसम्म ६२ जनाको मृत्यु

जापानमा भूकम्पबाट हालसम्म ६२ जनाको मृत्यु

२०८०, पौष १८ बुधवार

  • 809
    SHARES

  • जापानमा भूकम्पबाट हालसम्म ६२ जनाको मृत्यु

    ७.६ म्याग्निच्युको शक्तिशाली भूकम्पका कारण जापानमा हालसम्म ६२ जनाको मृत्यु भइसकेको छ। भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

    सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए। जापानका प्रधानमन्त्री फुमियो किशिदाले उद्धारकर्मीले मानिसलाई बचाउन समयसँग दौडनु पर्ने बताएका छन्।

    करिब तीन हजार उद्धारकर्मी नोटो क्षेत्रमा पुग्ने प्रयास गरिरहेको प्रधानमन्त्रीले जानकारी दिएका थिए। मुख्य क्षेत्रबाट सडक भाँचिएका कारण वाजिमा सहर पूर्णरूपमा बन्द भएको छ।

    इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन्। जापानी सेनाले जनतालाई खाना, कम्बल र पानी पुर्‍याउने प्रयास गरिरहेको छ।

    हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ।

    हेलिकप्टरबाट गरिएको सर्वेक्षणमा धेरै ठाउँमा भवन भत्किएका र आगो लागेको देख्न सकिन्छ। -एजेन्सी । 

    २०८०, पौष १८ बुधवार०८:३९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार