नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

२०८०, पौष १९ बिहिवार

  • 817
    SHARES

  • नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

    काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार, स्याटलाइट सहित सहमतिमा हस्ताक्षर भएको हो ।

    परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता , नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

    जसमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्ने बताइएको छ ।

    यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनको समेत हस्ताक्षर भएको छ । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति गरेको छ ।

    बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो।

    २०८०, पौष १९ बिहिवार०९:४६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार