भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा, परिसरमा रोपे रुद्राक्ष

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा, परिसरमा रोपे रुद्राक्ष

२०८०, पौष २० शुक्रवार

  • 725
    SHARES

  • भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा, परिसरमा रोपे रुद्राक्ष

    काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ ।

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गर्नुभएको हो ।

    भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

    २०८०, पौष २० शुक्रवार११:५०:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार