आजदेखि सानिमा बैंकको नव वर्ष योजना लागु

आजदेखि सानिमा बैंकको नव वर्ष योजना लागु

२०८०, पौष २२ आइतवार

  • 677
    SHARES

  • आजदेखि सानिमा बैंकको नव वर्ष योजना लागु

    काठमाडौं । सानिमा बैंक (SANIMA)ले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४% को छुट प्राप्त गर्न सकिनेछ ।

    यो योजना २०८० पौष २२ गते आजदेखि २०८० माघ ११ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ ।

    २०८०, पौष २२ आइतवार०६:१५:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार