राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी

२०८०, पौष २४ मंगलवार

  • 561
    SHARES

  • राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार परेका उम्मेदवारीविरुद्ध मंगलबार निर्वाचन आयोगमा दाबीविरोध तथा उजुरी दिन सकिन्छ ।

    आयोगले हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको जनाएको हो ।

    आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    १९ सिटका लागि हुने निर्वाचनमा यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

    आयोगले पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि २०४७ मतदाता रहेका छन् ।

    २०८०, पौष २४ मंगलवार०७:५०:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार