क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

२०८०, पौष २५ बुधवार

  • 549
    SHARES

  • क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।

    निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

    अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ ।

    लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

    २०८०, पौष २५ बुधवार०९:३५:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार