चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८०, पौष २८ शनिवार

  • 541
    SHARES

  • चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरि नगरपालिका-चार सेतो पहराबाट खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

    आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको एसपी ढुङ्गेलले जानकारी दिए।

    मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका-दुई लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र चार वर्षीय प्रियान्स गौतम छन्। 

    दुर्घटनामा परी छ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुङ्गेलले जानकारी दिए। 

    २०८०, पौष २८ शनिवार०४:५९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार