महालक्ष्मी विकास बैंंक लि.को बाईसौं वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी विकास बैंंक लि.को बाईसौं वार्षिक साधारण सभा सम्पन्न

२०८०, पौष २९ आइतवार

  • 749
    SHARES

  • महालक्ष्मी विकास बैंंक लि.को बाईसौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंंक लि.को बाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंंक लि।को बाईसौं वार्षिक साधारण सभा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको हो ।

    महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा भएको वार्षिण साधारण सभाले आर्थिक वर्ष २०७९-८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।

    यसैगरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९-८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

    उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार-लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।

    सभाले आ.व.२०८०-८१ मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

    उहाँले शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥र्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गर्नुभयो ।

    महालक्ष्मी विकास बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आइरहेको छ ।

    २०८०, पौष २९ आइतवार०८:२४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार