भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भक्तपुरमा आज सम्पन्न जिल्लाव्यापी १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला खेलकुद बिकास समिति भक्तपुरले २७ गतेबाट सुरु गरेको तीनदिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शनिवार भएकोे समापन खेलमा भक्तपुर नगरपालिका रनिङ्ग शिल्डको विजेता बनेको हो ।
प्रतियोगितामा भक्तपुर नगरपालिकाले ३२ वटा स्वर्ण पदक जित्दै विजेता बन्न सफल भएको हो भने मध्यपुरथिमि नगरपालिकाले १९ वटा स्वर्ण पदक प्राप्त गरेर दोश्रो, नौ वटा स्वर्ण पदक प्राप्त गर्दै सूर्यविनायक नगरपालिका तेश्रो र ७ वटा स्वर्ण पदक प्राप्त गर्दै चाँगुनारायण नगरपालिकाले सान्त्वनामै चित्त बुझाउनु परेको छ ।

त्यसैगरि शनिवारै सम्पन्न भलिबल खेलमा छात्रतर्फ जनप्रेमी वल्र्ड स्कुल च्याम्पियन बन्यो भने गणेश माध्यमिक विद्यालय दोश्रो र अरनिको माध्यमिक विद्यालय तेश्रो भएको छ भने छात्रातर्फ भएको खेलमा सैनिक आवासिय माध्यमिक विद्यालय च्याम्पियन बन्यो भने ओम माध्यमिक विद्यालय दोश्रो र आदर्श माध्यमिक विद्यालय सानोठिमी तेश्रो भएको छ ।
कूल ६ वटा खेलमा ७५२ जना खेलाडी प्रतिस्पर्धामा रहेको प्रतियोगितामा भलिबल, कबड्डी, उसु, कराते, तेक्वाण्डो र एथलेस्टिक खेलेको प्रतियोगिता भएको थियो । समापन कार्यक्रममा नेकपा एमालेका पोलिव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले विजेता तथा उपविजेता, प्रथम, द्धितिय तथा तृतिय र उत्कृष्ट खेलाडीलाई रनिङ्ग शिल्ड, शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गर्नुभयो ।
कार्यक्रममा नेता बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले विगतका केही वर्ष ठेक्का प्रणालीबाट सञ्चालन हुदै आएको प्रतियोगिता विगत दुई वर्षदेखि खे्लाडीलाई प्रोत्साहन दिदै राष्ट्रिय तथा अन्तरांष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता हुनु भक्तपुरकै लागि गौरब भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष गौतमप्रसाद लासिवा, जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुरमा खेलकुदमा फड्को मारेको चर्चा गर्नुभयो । त्यस्तै प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, नेपाल तेक्वान्डो संघका जिल्ला अध्यक्ष श्याम तजले, भक्तपुर एथलेटिक्स सङ्घका अध्यक्ष आशाराम गोथे लगायतले खेलकुदको महत्वमा थि प्रकाश पानुृभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापाले विगत दुई वर्षदेखि भक्तपुरको खेल र खेलमैदानको बिकासमा सक्रिय रहेको बताउनुभयो । भक्तपुर अब सम्पदाको सहर मात्रै नभई खेल र खेलाडीको नामले पनि चिनिन थालेको बताउनुभयो ।
