साना किसान विकास लघुवित्तको २२ औँ वार्षिक साधारण सम्पन्न, १५ प्रतिशत लाभांश वितरण

साना किसान विकास लघुवित्तको २२ औँ वार्षिक साधारण सम्पन्न, १५ प्रतिशत लाभांश वितरण

२०८०, माघ २ मंगलवार

  • 709
    SHARES

  • साना किसान विकास लघुवित्तको २२ औँ वार्षिक साधारण सम्पन्न, १५ प्रतिशत लाभांश वितरण

    काठमाडौं । साना किसान विकास लुघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांस वितरण गर्ने भएको हो ।

    लघुवित्तले आर्थिक वर्ष २०७९-०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाखको १४ दशमलव २५ प्रतिशतले हुने ४७ करोड ४७ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०।७५ प्रतिशतले हुने नगद लाभांश २ करोड ४९ लाख गरी जम्मा चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख रुपैयाँ वितरणका लागि गरिएको प्रस्ताव प्रस्तुत गरेको थियो । कम्पनी सचिव अनिल जोशीले बोनस शेयर पारित भएसँगै लघुवित्तको कुल चुक्ता शेयर रकम ३ अर्ब ८० करोड रुपैयाँ पुगेको बताए ।

    नयाँ सञ्चालकमा ६ जना निर्वाचित
    त्यस्तै संस्थाको २२ औँ वार्षिक साधारणले नयाँ सञ्चालकमा ६ जना निर्वाचित गरेको छ । नयाँ सञ्चालकहरुमा खेमबहादुर पाठक, डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त संस्थाको नयाँ सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।

    साना किसान विकास लघुवित्तले देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा सञ्जाल बिस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा वित्तीय संस्थाको सेवा पुगेको कम्पनीले जनाएको छ । आवद्ध सहकारी संस्थाहरूले ६ करोड ५८ लाख ७६ हजार ५ सय ८५ हजार बराबरीको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् ।

    २०८०, माघ २ मंगलवार०७:५४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार