एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसी फिफा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। ३६ वर्षीय इन्टर मियामी तथा पूर्व पिएसजी स्टारले सोमबार राति आयोजित एक कार्यक्रमबीच ‘फिफा वेस्ट अवार्ड’ प्राप्त गर्न सफल भए।
फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनका आधारमा विश्वभरबाट प्राप्त भोटिङका आधारमा उत्कृष्ट खेलाडी घोषित गरेको हो।
विश्वभरका समर्थकमाझ पुन: एकपटक मेसी वर्ष उत्कृष्ट खेलाडी घोषित भए। लन्डनमा भएको ‘द बेस्ट फिफा फुटबल अवार्ड’ समारोहमा मेसीलाई उनको उपलब्धिपूर्ण प्रदर्शनका लागि अवार्ड प्रदान गरियो। उनले उपाधि जित्दा अर्लिङ हालान्ड र केलियन एमबाप्पेलाई पछि पारे।
विश्वभरका फिफा सदस्य राष्ट्रहरूबाट प्राप्त भोटिङमा मेसी र हालान्डबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो।
राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथमा विश्वभरका विशेषज्ञ पत्रकार र समर्थकहरूको मतका आधारमा उपाधि विजेताको तया भएको हो।
२०२२ का विश्वकप विजेता कप्तान मेसी र सिटीले गत संस्करण ट्राइबल जित्दाका सर्वाधिक गोल स्कोरर अर्लिङ हालान्डले समान ४८ स्कोर प्राप्त गर्दा फिफाले आफ्नो विधानको धारा १२ अनुसार मेसीलाई विजेता घोषित गर्यो।
जहाँ विश्वभरका कप्तानहरूले दिएको भोटलाई अलग राखेर विजेता घोषित गरिएको थियो। फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे ३५ अंकसहित तेस्रो स्थानमा रहे।
सिटीका गोलरक्षक एडरसन उत्कृष्ट गोलरक्षक घोषित हुँदा उनले रियलका थिबाउट कोर्टोइस र अल हिलालका यसिन बोउनोउलाई पछि पारे। उत्कष्ट प्रशिक्षकको उपाधि सिटीका म्यानेजर पेप ग्वार्डिओलाले जिते।
यसैगरी, स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर ऐटाना बोनमतीले उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरिन्। त्यस्तै, उत्कृष्ट महिला प्रशिक्षक इङ्ल्यान्डकी सरिना विघम्यान भइन्।