प्रधानमन्त्री ‘प्रचण्ड’ले असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै  

प्रधानमन्त्री ‘प्रचण्ड’ले असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै  

२०८०, माघ ५ शुक्रवार

  • 553
    SHARES

  • प्रधानमन्त्री ‘प्रचण्ड’ले असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै  

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । 

    आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री दाहालले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । 

    प्रधानमन्त्री दाहाले सम्मेलनमा सम्बोधन गरेसँगै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आज आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् । 

    यस्तै,शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    यसैबीच सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री दाहालले युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेका छन् । 

    भेटघाटमा प्रधानमन्त्री दाहालले अफ्रिकामा रहेका नेपालीहरूले उठाएको समस्या महत्पूर्ण भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नलिने बताएका छन् । 

    नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । 

    २०८०, माघ ५ शुक्रवार०८:४८:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार