राष्ट्रिय बिमा कम्पनीमा उत्कृष्ट बने उत्तर बहादुर ऐर, जिते ३० हजार नगद र एकलाखको दुर्घटना बिमा

राष्ट्रिय बिमा कम्पनीमा उत्कृष्ट बने उत्तर बहादुर ऐर, जिते ३० हजार नगद र एकलाखको दुर्घटना बिमा

२०८०, माघ ६ शनिवार

  • 2.3K
    SHARES

  • राष्ट्रिय बिमा कम्पनीमा उत्कृष्ट बने उत्तर बहादुर ऐर, जिते ३० हजार नगद र एकलाखको दुर्घटना बिमा

    काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनी लिमिटेडको उत्कृष्ट अभिकर्ताको पुरस्कार उत्तर बहादुर ऐरले जितेका छन् ।

    ऐरले प्रतिस्पर्धी अभिकर्ताहरुलाई पछि पार्दै ३० हजार नगद र एकलाखको व्यक्तिगत दुर्घटना बिमा सहित प्रशंसापत्र हात पारे । उनले करिव ५५ लाख वीमा शुल्क आर्जन गर्न समेत सफल रहे । 

    शुक्रवार राजधानीमा सम्पन्न अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रममा ऐरसहित उत्कृष्ट दशलाई नगद, दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

    22222.jpg

    यसरी द्धितीय देखि दशौँ सम्मको पुरस्कार क्रमशः बलराम श्रेष्ठ, उमेशराज उपाध्याय, नारायण गिरी, सन्तोष कुमार अवस्थी, रामराजा तिवारी, धर्मराज अधिकारी, लक्ष्मी साउद, पदमबहादुर बुढाएर र सुरेश थारुले जितेका छन् ।

    द्धितीय र तृतियले क्रमशः २५ र २० हजार, अन्यले १० हजार नगद सहित एकलाखको व्यक्तिगत दुर्घटना विमा जितेका हुन् ।

    त्यसैगरि प्रत्यक्ष बीमाशुल्क आर्जनमा योगदान गर्ने अन्य दुई अभिकर्ता लक्ष्मण नेपाल र खड्ग श्रेष्ठलाई पनि दोसल्ला र टोकन अफ लभले अभिनन्दन गरियो । 

    1111111.jpg

    संचालक समिति सदस्य सागर कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास कोईरालाले स्वागत मन्तव्य राखेका थिए ।

    व्यवस्थापक निरन्जन आचार्य, दिपक खनाल, मोहन तिम्सिना, पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भु प्रसाद ढुंगानाका साथै कर्मचारी नेताको आतिथ्यतामा सम्पन्न कार्यक्रम आकर्षक रहेको अभिकर्ता चेतन शिकावोटीले बताए ।

    कार्यक्रम बजार व्यवस्थापन प्रमूख देवराज घिमिरेले संचालन गरेका थिए । 

    २०८०, माघ ६ शनिवार०८:२२:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार