कोरोना अपडेट : थप ३२२ जनामा संक्रमण, ३४ जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप ३२२ जनामा संक्रमण, ३४ जना भेन्टिलेटरमा

२०७७, माघ ५ सोमवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट : थप ३२२ जनामा संक्रमण, ३४ जना भेन्टिलेटरमा

    माघ ५, काठमाडौँ । 

    पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

    यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

    संक्रमितहरुमध्ये २ लाख ६१ हजार ८१८ जना संक्रमणमुक्त  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । संक्रमितहरुमध्ये १ हजार १०२ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    हालसम्म देशभर १ हजार ९६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २०७७, माघ ५ सोमवार०६:४५:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार