आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो 

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो 

२०८०, माघ १५ सोमवार

  • 649
    SHARES

  • आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो 

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

    देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

     साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

    २०८०, माघ १५ सोमवार०८:५८:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार