प्रतिनिधिसभा बैठक आज पनि, दलका नेताहरूले सम्बोधन गर्दै

प्रतिनिधिसभा बैठक आज पनि, दलका नेताहरूले सम्बोधन गर्दै

२०८०, माघ २४ बुधवार

  • 517
    SHARES

  • प्रतिनिधिसभा बैठक आज पनि, दलका नेताहरूले सम्बोधन गर्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्ने भएको छ ।

    संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेका लागि तय भएको हो ।

    हिजो मंगलबारदेखि बैठक सुरु भएको बैठकमा पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । आज दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

    यसका साथै आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको हो ।

    २०८०, माघ २४ बुधवार०८:००:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार